PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

फोटोमा हेर्नुस् २० वर्षपछि महानगरले नेतृत्व छान्दा कार्यकर्ताको उल्लास

फोटोमा हेर्नुस् २० वर्षपछि महानगरले नेतृत्व छान्दा कार्यकर्ताको उल्लास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : देशकै पुरानो महानगरपालिका काठमाडौं महानगरले २० वर्षपछि नयाँ नेतृत्व पाउँदा कार्यकताले विजय उत्सव मनाए।

गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेका विद्दासुन्दर शाक्य मेयर तथा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी उपमेयरमा अत्याधिक बहुमतले निर्वाचित भएका छन्। 

दुई साता लामो मतगणनापछि आइतबार बिहान काठमाडौं महानगरको मतपरिणाम सार्वजनिक भएको हो।

अन्तिम मत परिणाम सार्वजनिक भएसँगै एमाले र कांग्रेसका कार्यकर्ताले आ-आफ्ना विजयी उम्मेद्वारहरुलाई अबिर र खादा लगाएर विजय उत्सव मनाए।

राजधानीको सभागृहमा भएको उक्त मत परिणाम घोषणा र विजय उत्सवको माहोललाई पहिलोपोस्टका इलीट जोशी र दीपेन श्रेष्ठ यसरी आफ्नो क्यामेरामा कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell