PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

थिएटर मलको नाटकघर बन्द हुने



पहिलोपोस्ट

थिएटर मलको नाटकघर बन्द हुने

काठमाडौं : सुस्केरा इन्टु दि आर्ट र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले विगत तीन वर्षदेखि काठमाडौं मल सुनधारामा सञ्चालन गरेको नाटकघर थिएटर मल तत्कालको लागि बन्द हुने भएको छ।

नेपाली रंगमञ्च र नाटकघरले विभिन्न समस्या हरु सामना गरिरहेका बेला थिएटर मलले पनि त्यस्तै समस्या भोग्य बाध्य भएपछि बन्द गर्नुपरेको मलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

तीन वर्षमा करिब २० वटा नाटक मञ्चन गरेको थिएटर मलमा नियमित नाटक मञ्चनसँगै अभिनय तथा नाट्य प्रशिक्षण, कला साहित्यका विविध गतिविधि तथा बालबालिकाको लागि विशेष रंगमञ्चको गतिविधि सञ्चालन हुँदै आएको थियो।

मल बन्द हुनु अघि थिएटर मल नाटकघरले आफ्ना दर्शक, रंगकर्मी तथा शुभेच्छुकहरुका साथमा ‘नाटकघर: आवश्यकता, सम्भावना र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ।

रंगकर्मीहरु अशेष मल्ल, सुनिल पोखरेल, राजन खतिवडा, घिमिरे युवराज, विमल सुवेदी, केदार श्रेष्ठ र पत्रकार यज्ञशको उपस्थितीमा भोली सोमबार सुनधारास्थित थिएटर मलमै साथमा हुने अन्तरक्रिया कार्यक्रम हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell