PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

नीति तथा कार्यक्रम पारित हुँदै, प्रधानमन्त्रीले जवाफ दिने



पहिलोपोस्ट

नीति तथा कार्यक्रम पारित हुँदै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ: व्यवस्थापिका संसदमा पेस भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पारित हुँदैछ। शनिबारदेखि भएको छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि कार्यक्रम पारित हुनेछ। 

नीति तथा कार्यक्रममा छलफल गर्न सांसद्हरुले शनिबार नै नाम लेखाएका छन्। प्रतिपक्ष दल एमालेका तर्फबाट शनिबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले धारणा राखेपछि अन्य सांसद्ले छलफलमा भाग लिन नाम टिपाएका छैनन्। 

कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुका करिव दश सांसद्ले शनिबार साँझसम्म नाम टिपाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नै नीति तथा कार्यक्रम पेस गरे पनि प्रतिपक्ष दल एमालेको विरोधका कारण शनिबारदेखि मात्र छलफल सुरु भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell