PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

यसरी स्वागत गरिंदै छ पोखरा महानगरका मेयर र उपमेयरलाई, मेयरलाई १५ वर्ष पुरानो गाडी



पहिलोपोस्ट

यसरी स्वागत गरिंदै छ पोखरा महानगरका मेयर र उपमेयरलाई, मेयरलाई १५ वर्ष पुरानो गाडी

पोखराः पोखरा लेखनाथ महानगरपालिकाका मेयर र उपमेयरलाई महानगरपालिकाले भब्य स्वागतको तयारी गरेको छ।

महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले प्रशासन महाशाखा प्रमुख अनन्त कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति नै गठन गरी स्वागत व्यवस्थापनको तयारी गरेका छन्।

महानगरपालिकाले चुनावी परिणाम घोषणा हुँदै गर्दा निर्वाचित मेयर र उपमेयरको कार्यकक्ष व्यवस्थापन द्रुत पारेको छ।

सजिसजाउ पारिएको कार्यकक्षमा मेयर र उपमेयरलाई अन्माउने तयारीमा महानगरपालिका जुटेको छ। मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको आज सपथको तयारी गरिएको छ।
 
मेयरका लागि १५ अघिको पुरानो गाडी मर्मत र रंगरोगन गरी तयार पारिएको छ भने उपमेयरलाई भने महानगरकै गाडी दिने तयारी गरिएको छ । मेयरमा नेकपा एमालेका मानबहादुर जिसी र उपमेयरमा एमालेकै मञ्जु गुरुङ विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell