PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

आर्थिक सर्वेक्षण आज, आर्थिक वृद्धिदर ६‍.९४ प्रतिशत हुने अनुमान



पहिलोपोस्ट

आर्थिक सर्वेक्षण आज, आर्थिक वृद्धिदर ६‍.९४ प्रतिशत हुने अनुमान

काठमाडौं: सरकारले चालु आर्थिक वर्षमा ६.९४ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्यसहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ।अर्थमन्त्रालयले आइतबार साँझसम्म आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछ।

अर्थमन्त्रालय स्रोतका अनुसार संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ।आर्थिक सर्वेक्षण औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने वा वेवसाइटमा राखेर सार्वजनिक गर्ने टुंगो लागेको छैन।
 
चालु आर्थिक वर्षको बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको थियो।राम्रो मनसुनका कारण कृषि उत्पादन राम्रो भएको र लोडसेडिङ घटेकोले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने अनुमान गरिएको हो।

थप विजमाण्डुमा पढ्न सक्नुहुनेछ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell