PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा ५ पक्राउ



रासस

निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा ५ पक्राउ

इलामः निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले इलामको माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ। 

प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा देउमाई नगरपालिका–९ का झरेन्द्र बराल र दिलीप बराललाई पक्राउ गरेको हो।

प्रहरीले यसअघि पनि निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा पार्टीका तीन कार्यकर्तालाई पक्राउ गरेको थियो ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell