PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

साझा पार्टीद्वारा मतदातालाई धन्यवाद



पहिलोपोस्ट

साझा पार्टीद्वारा मतदातालाई धन्यवाद

काठमाडौंः साझा पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा पराजित आफ्ना उम्मेदवार किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ। 

साझा पार्टीले विज्ञप्ती जारी गरी पार्टी निर्माणको प्रक्रिया सुरु गरिएको ६ हप्तामै कहीँ कतै सङ्गठन निर्माण नगरी उम्मेदवारी दिंदा पनि कडा प्रतिस्पर्धामाझ दुवै उम्मेदवार तेस्रो–चौथो स्थानमा आउनु मतदाताले पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिइएको तथ्यको स्पष्ट सङ्केत भएको बताएको छ। 

उसले महानगरको मेयर र उपमेयरमा निर्वाचित नेकपा एमालेका विद्यासुन्दर शाक्य तथा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीलाई बधाई दिंदै उनीहरुको नेतृत्वमा देशको राजधानी सहरको सपना पूरा होस् भन्ने कामना गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell