PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

के गर्दैछन् ‘हातै काटेर...’ प्रियंका र निराजन



पहिलोपोस्ट

के गर्दैछन् ‘हातै काटेर...’ प्रियंका र निराजन

काठमाडौंः सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर...’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोातामाझ आएका छन्।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छन्।

हरि लम्सालद्वारा संगीतबद्ध यो गीतमा सञ्जिव थापाका शब्द सुन्न सकिन्छ। संगीतकार लम्सालले नै यो गीतको संगीत संयोजन गरेका हुन्।

धुलिखेलको मिराबल रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्।

भिडियोमा प्रस्तुत भएका प्रियंका र निराजनको जोडीलाई दर्शकले मन पराउन थालेका छन् भने गायक लिम्बुको स्वरले पनि प्रसंसा पाउन थालेको छ ।

करिव पाँच दर्जन गीतमा स्वर दिइसकेका गायक लिम्बुले चलचित्रको पाश्र्व गायनमार्फतसमेत आफूलाई प्रमाणित गरिसकेका छन् ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell