काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुनियाँको कुनै पनि शक्तिले दोस्रो चरणको निर्वाचन रोक्न नसक्ने बताएका छन्। संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'दोस्रो निर्वाचनमा अहिले अन्यौल भयो भन्नुभयो। दोस्रो चरणको निर्वाचन भएरै छाड्छ।' सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले चुनावको सुनिश्चितता जनाएका हुन्।
प्रतिपक्षीलाई विश्वासमा लिन सकेका कारण नै दुई चरणको निर्वाचन घोषणा लागू हुन सकेको उनको दावी थियो। प्रधानमन्त्री प्रचण्डको कटू आलोचान गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनलाई धन्यवाद दिनुपर्ने बताए।
'मलाई धन्यवाद दिनुस्। मधेश, पहाड र हिमाल मिलाएर तपाईँलाई जित्ने अवस्था मिलाइदिएँ,' एमालेका नेतासँगको छलफलमा बताएको भन्दै उनले सुनाए।
प्रधानमन्त्रीले राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन छाड्ने घोषण गरेको सन्दर्भ उप्काउँदै उनले अहिले पनि सबैको साथ लिने प्रयास जारी रहेको बताए। 'प्रतिपक्षसहित राजपासँग पनि निरन्तर सम्वादमा छु,' उनले भने, 'मैले विश्वास जितेकाले नै प्रतिपक्षी पनि यही सरकार रहोस् भन्नेमा पुग्यो।'
नीति तथा कार्यक्रम अमूर्त भयो भन्नेम आलोचनाको जवाफ दिँदै उनले भने, 'देशले त गति लियो।'