PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपालगंजको धम्बोजी चोकस्थित फर्निचर पसलमा आगलागी



रासस

नेपालगंजको धम्बोजी चोकस्थित फर्निचर पसलमा आगलागी

बाँकेः नेपालगन्जको धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आइतबार विहान आगलागी भएको छ। 

करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पसललाईसमेत क्षति पुर्याइएको छ। नजिकैको होटलमा मान्छे रहेको आशङ्कामा प्रहरी उद्धारमा जाँदा एक प्रहरी घाइते भएका छन्। 

घाइते भएका तालिम केन्द्रका प्रहरी निराजन विकको नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ। आगो विद्युत् सर्ट भएर लागेको आशङ्का गरिएको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell