PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बेलायतमा २३ हजार जिहादी लडाकू !



रासस

बेलायतमा २३ हजार जिहादी लडाकू !
फोटो श्रोतःyournewswire.com

लण्डनः बेलायतको राष्ट्रिय अनुसन्धान निकायले मुलुकभर २३ हजारको हाराहारीमा मुस्लिम अतिवादी जिहादी लडाकूहरु बसोबास गरिरहेका प्रतिवेदन सार्वजनिक गरिएको छ। 

अनुसन्धान निकायले सरकारसमक्ष बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको हो। 

मर्न र मार्न तम्तयार भइ बसिरहेका यिनीहरुलाई नै विभिन्न आतङ्कबादी सङ्गठनहरुले आत्मघाती आक्रमणमा प्रयोग गर्ने गरेकासमेत प्रतिवेदनमा जनाइएको छ। 

आत्मघाती बम आक्रमण वा अन्य प्रकारका हिंसात्मक घटना रोकथाम गर्न बेलायती सुरक्षा निकायसक्षम हुँदाहुँदै पनि सोमबार राति म्यान्चेस्टर एरिनामा आत्मघाती आक्रमण हुनु लाजमर्दो कुरा भएको भनी सर्वत्र आलोचना भएको थियो। 

त्यसपछि बेलायती राष्ट्रिय सुरक्षा सेवाद्वारा लण्डनको स्थानीय ह्वाइटहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो।

कुल २३ हजार जिहादी लडाकूमध्ये करिब तीनहजार सम्भाब्य आत्मघाती आक्रमणकारीहरु बेलायतलाई जहिले पनि अधिकतम खतरनाक सावित भैरहेका र बाँकी बीस हजार पनि अलि कम खतरनाकको श्रेणीमा परेपनि यिनीहरुमाथि कडा निगरानी राखी सदैब सतर्क रहनुपर्नेसमेत प्रतिवदेनमा खुलासा गरिएको छ। 

म्यान्चेस्टर आक्रमणपश्चात् बेलायती प्रहरी र अनुसन्धान निकायले गतः एक हप्ताभित्र सञ्चालन गरेको अनुसन्धान तथा अपरेशन कारबाहीको क्रममा उपरोक्त तथ्य पत्ता लागेको जनाइएको छ। 

यसवर्ष सम्पूर्ण बेलायतभरी सनसनी फैलाउने गरी भएका दुई खतरनाक आत्मघाती बम आक्रमणका नाइकेहरु – म्यान्चेस्टर एरिना घटनाका सलमान आबेदी र दुई महिना अघि पाँचजना मानिसको ज्यान जाने गरी वेस्ट मिन्स्टर आत्मघाती आक्रमणका खालिद मसूद, यी दुवै जनामाथि पहिलेदेखि नै निगरानी बढाउनु पर्नेमा सो गर्न छुटेको राष्ट्रिय सुरक्षा सेवाले स्वीकार गरेको छ। 

म्यान्चेस्टर एरिना घटनाको अनुसन्धानको क्रममा हालसम्म ११ जनालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा लिइर्एको र अन्य कतिपयलाई पनि पक्राउ गर्न निरन्तर खोजी भैरहेको छ ।

घटनाको नाइके सलमान आबेदीका पृष्ठभूमिमा रहेका सबैजसोलाई पक्राउ गरिसकिएको जनाइएको छ। 

यसैबीच, बेलायती प्रधानमन्त्री टेरेसा मेले राष्ट्रब्यापी सुरक्षाको स्थितिलाई पहिला घोषणा गरिएको ‘क्रिटिकल (नाजूक अवस्था)’ को श्रेणीबाट झारी ‘सिभर (कठोर अवस्था)’ को श्रेणीमा राख्ने आदेश दिएकी छन् ।
 
सशस्त्र सुरक्षाकर्मीकाले राजधानीमा सोमबारसम्म २४ सै घण्टा गस्तीमा खटिई सुरक्षा निगरानी बढाइ रहनेछन्। 

 गत सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुती सकिएलगत्तै भएको भीषण आतङ्ककारी आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका छन्। रासस /सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell