PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

मेयरको आसनमा कहिलेदेखि विद्यासुन्दरको बास?



पहिलोपोस्ट

मेयरको आसनमा कहिलेदेखि विद्यासुन्दरको बास?

काठमाडौं : महानगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको कार्यकाल आगामी १७ गतेबाट सुरु हुने भएको छ। आगामी १७ गते राष्ट्रिय सभागृह हलमा प्रमुख निर्वाचन अधिकृतबाट सपथ लिनेछन्। त्यही दिनबाट महानगरका निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल सुरु हुने छ। 

'महानगरपालिकाका नवनिर्वाचित सबैको दुईप्रति पासपोर्ट साइजको फोटो मागिएको छ,' काठमाडौंका प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले भने, 'आगामी १७ गते उहाँहरुलाई प्रमाणपत्र प्रदान गर्ने र सपथग्रहण गराउने कार्यक्रम राखेका छौं।' प्रमुख निर्वाचन अधिकृत अधिकारीले त्यसपछि निर्वाचनका बाँकी काम पनि तय गर्ने बताए। 

'सपथ ग्रहण सकिएपछि नगर कार्यपालिका गठनका लागि कार्यतालिका प्रकाशित गर्नेछौं,' अधिकारीले भने, 'त्यही कार्यतालिका अनुसार बाँकी निर्वाचनका काम सकेर उहाँहरुलाई जिम्मेवारी दिए बिदा लिनेछौं।'

नेपालको संविधानले स्थानीय तह निर्वाचन सम्पन्न भएको १५ दिनभित्र स्थानीय सभाबाट गाउँपालिकामा दलित वा अल्पसंख्यक कोटाबाट दुईजना र नगरपालिकाको हकमा तीनजना निर्वाचित गर्ने व्यवस्था गरेको छ। नगरपालिकाको हकमा तीनजना निर्वाचित हुने व्यवस्था गरेको छ। 

त्यसरी निर्वाचित हुने गाउँ र नगरभित्रका दलित वा अल्पसंख्यक सदस्यको निर्वाचनमा निर्वाचित गाउँ वा नगरसभाका प्रतिनिधिले मात्र भोट हाल्न पाउँछन्। 

यस्तै नगर कार्यपालिका तथा गाउँ कार्यपालिका गठनका लागि प्रत्येक वडाबाट निर्वाचित महिलाहरु मध्येबाट गाउँपालिकामा चार महिला र नगरमा पाँच महिला निर्वाचित गर्नेपर्ने व्यवस्था छ। 

त्यसरी निर्वाचित हुने महिलालाई पनि चुनावबाट निर्वाचित भएको सभाले मात्र भोट हाल्न पाउँछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell