PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पिएम कप क्रिकेट : विभागीय भिडन्तमा पुलिसमाथि आर्मी हावी, आर्मी समूह विजेता



पहिलोपोस्ट

पिएम कप क्रिकेट : विभागीय भिडन्तमा पुलिसमाथि आर्मी हावी, आर्मी समूह विजेता

काठमाडौं : विभागी प्रतिष्ठाको लडाइँको रुपमा रहेको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाई ७ विकेटले पराजित गर्दै प्राइम मिनिस्टर कप समूह बी को विजेता बनेको छ।

यसअघि नै आर्मी र पुलिसले समूहमा लगातार दुई खेल जित्दै अन्तिम चारमा स्थान बनाइसकेको छ। तर समूह विजेताको होडमा आर्मी पुलिसमाथि हावी भएको हो।

पहिलो इनिङ्समा बलर हावी बनेपछि दोस्रो इनिङ्समा ११० रनको सामान्य लक्ष्य आर्मीले ३०.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

कीर्तिपुर आर्मीले टस जित्दै पुलिसलाई पहिले ब्याटिङको निम्तो दियो। यसअघिका दुवै खेलमा पुलिस र आर्मीले कमजोर प्रतिद्वन्दीसँग खेलेका कारण ब्याटिङ अर्डरको परिक्षण हुन पाएको थिएन।

त्यसैले यस खेलमा दुवै टोमका खेलाडीलाई आफ्नो उत्कृष्ट खेल प्रदरश्न गर्ने चुनौती समेत थियो।

टस हारेसँगै पहिले ब्याटिङ गरेको पुलिसले खराब सुरुवात गर्दै सुरुमै २ ओपनरलाई गुमायो। सुनिल धमाल र अमित श्रेष्ठ दुवै खाता नखोली आउट भए। दुवै खेलाडीको विकेट आर्मीका सोमपला कामीले लिए।

त्यसपछि क्रिजमा पुगेका दीलिप नाथ र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ४८ रनको साजेदारी गर्दै पुलिसको इनिङ्स उकास्ने प्रयास गरेका थिए। तर २२ रन बनाए दीपन्द्र आउट भएसँगै पुलिसको निरन्तर अन्तरमा विकेट पतन भयो।

दीपेन्द्रलाई आउट गरेका सागर पुनले आरिफ शेखलाई ४ रनमा पभेलियन फर्काए। पुलिसका लागि दीलिपले सर्वाधिक ५० रन बनाए।

पुलिसका ५ खेलाडीले खातासमेत खोल्न सकेनन्। नतिजा पुलिस आर्मीको धारिलो बलिङ सामु टिक्न सकेन र २५.५ ओभरमा १०९ रनमा अलआउट भयो। उसलाई कम स्कोरमा रोक्न आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए।

दीलिपलाई अर्धशतक पूरा गरेपछि आउट गर्दै पहिलो विकेट लिएका सुशनले त्यसपछिका सबै विकेट लिए। ७.५ ओभर बलिङ गरेका सुशनले १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन्। जारी प्रतियोगिताको एकै खेलमा ६ विकेट लिने सुशन दोस्रो खेलाडी हुन्। य

सअघि आर्मीकै जितेन्द्र मुखियाले सुदूरपश्चिमाञ्चल विरुद्ध ६ विकेट लिएका थिए। पुलिस विरुद्ध भने जितेन्द्र सबैभन्दा महँगा बलर सावित भए। ४ ओभर बलिङ गरेका जितेन्द्रले २७ रन खर्चे भने कुनै विकेट लिएन्।

जाफमा ११० रनको लक्ष्य आर्मीले ३ विकेट गुमाएर पूरा गर्‍यो। पुलिसका बलरले आर्मीका सुरुवाती ३ विकेट लिएपनि चौथो विकेटका लागि कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गर्दै जित दिलाए। विनोद ४६ तथा बुढाएर ४१ रनमा नटआउट रहे।

त्यसअघि आर्मीका ओपनर अनिल मण्डल (१), महेश क्षेत्री (१३) र सागर पुन (११) रन बनाएर आउट भएका थिए। पुलिसका ललितसिंह भण्डारीले २ तथा सुशिल कँडेलले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सोमबारदेखि समूह ए का खेलहरु हुँनेछन्। समूह ए को पहिलो खेलमा भोली सशस्त्र प्रहरी बलको एपीएफ तथा पश्चिमाञ्चलबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell