PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बाढी पहिरोमा परी श्रीलङ्कामा १२२ को मृत्यु, पाँच लाख विस्थापित



रासस

बाढी पहिरोमा परी श्रीलङ्कामा १२२ को मृत्यु, पाँच लाख विस्थापित
फोटो श्रोतः.ibtimes.co.uk

कोलम्बोः श्रीलङ्कामा बाढी पहिरोका कारण पाँच लाख व्यक्ति विस्थापित भएका छन्।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । 

दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १२२ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन्।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढी पहिरो १४ वर्षपछिको ठूलो भएको बताइएको छ। 

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको अधिकारीले जनाएका छन्। 

श्रीलंका सरकारका प्रवक्ता राजिथा सेनारात्नेका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले बल प्रयोग गरी अस्थायी शिबिरमा लग्नु परेको थियो। 

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ। 

विश्व स्वास्थ संगठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले बाढी पहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइरहेका छन्। 

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । २००३ मा बाढी पहिरोमा परी दुर्इसय पचास जनाको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell