PahiloPost

Jun 6, 2026 | २३ जेठ २०८३

वीरगञ्जमा राजपाको लाठी जुलुस



राधेश्याम पटेल

वीरगञ्जमा राजपाको लाठी जुलुस

वीरगंज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पर्साले आज वीरगंजमा लाठी जुलुस निकालेको छ। राजपाले घोषणा गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत हिजो मशाल जुलुश गरिएको थियो भने आज अपरान्ह ४ बजेदेखि लाठी जुलुस निकालिएको हो।

राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको नेतृत्वमा निकालिएको जुलुस घण्टाघरबाट विर्ता चोक हुँदै दुई नम्वर रोड भएर पुन घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो।

कोण सभामा वक्ताहरुले संविधान संशोधनबिना कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका थिए।

जुलुसमा राजपाका नेता राजेशमान सिंह, कृष्णा पटेल, निजामुदीन अन्सारी, ओमप्रकाश सर्राफ, विरेन्द्र राय यादव, प्रेमबाबु पटेललगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell