PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

यसकारण पार्वतीका लागि लक्की बन्यो जेठ महिना



पहिलोपोस्ट

यसकारण पार्वतीका लागि लक्की बन्यो जेठ महिना

  • राजेन्द्र आचार्य
चितवनः गतवर्ष जेठ २२ गते नेपाल महिला संघ चितवनको अध्यक्ष बनेकी पार्वती शाह झण्डै एक वर्ष पुग्नै लाग्दा उनी भरतपुर महानगरको उपमेयर बन्ने निश्चित भएको छ।  

मेयरमा देवी ज्ञवाली र रेणु दाहालकाबीच तीव्र प्रतिस्पर्धा भइरहँदा शाहको भने लगभग जित निश्चित भएको छ। शाह यतिवेला ६ हजार ३ सय ९९ मतले अगाडि छिन् ।

अब दुई वडामा  ६ हजार दुई सय ५ मत गन्न बाँकी छ। शाहले ४४ हजार ७९ मत पाएकी छिन् भने दिव्यले ३७ हजार ६ सय ८० मत पाएकी छन्।

विद्यार्थीकालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी शाहका लागि जेठ महिना लक्की बनेको छ । किनकी गतवर्ष जेठमै उनी महिला संघकी अध्यक्ष बनेकी थिइन्। अविवाहित उनको राजनीतिमा अलग खालको पहिचान छ। मध्यम वर्गीय परिवारमा जन्मिएर पनि समाजसेवासगैँ उनी सक्रिय राजनीतिमा लागिन्।

वि.सं २०२४ साउन ५ गते  पश्चिम चितवनको साविक गुञ्जनगर गाविस–५ मा उनी जन्मिएकी हुन्।

त्यसपछि उनले तरुण दलको राजनीति गर्दै तरुण दल वडा अध्यक्ष, नगर अध्यक्ष, जिल्ला सदस्य, नारायणी अञ्चल सम्पर्क समितिको सदस्य, तरुण दलको केन्द्रीय सदस्य भएर काम गर्दै हाल महिला संघ चितवनको समेत नेतृत्व लिन सफल भइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell