PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

एकाएक किन रोकियो भरतपुरमा मतगणना?



पहिलोपोस्ट

एकाएक किन रोकियो भरतपुरमा मतगणना?

भरतपुर : उम्मेदवारबीच अन्तर कम हुँदै रोमाञ्चक बनिरहेको भरतपुर महानगरपालिकाका अन्तिम दुई वडाको मत गन्ने प्रकृया सुरु हुनासाथ मत गणना अवरुद्ध भएको छ।

वडा नम्बर १९ को मत गणना सुरु गर्ने क्रममा मुचुल्का उठाउने डायरीमा लेखिएको सिल नम्बर र मतपेटिकामा रहेको सिल नम्बर फरक परेपछि मत गणना प्रभावित भएको हो।

मत गणना रोकिएपछि समस्या सुल्ट्याउन छलफल सुरु भएको छ। 

मत गणना रोकिनुअघिसम्म मेयरमा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ७ सय ८४ मतको अग्रतासहित ४० हजार ९ सय मत पाएका छन्। उनलाई पछ्याइरहेकी रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएकी छिन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell