PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

नेटो कन्फ्रेन्समा फस्ट जेन्टलमेनको चर्चा



पहिलोपोस्ट

नेटो कन्फ्रेन्समा फस्ट जेन्टलमेनको चर्चा

फस्ट लेडीको बारेमा त तपार्इले सुन्नुभएकै होला। तर, फस्ट जेन्टलमेनको बारेका सुन्नु भएको छ?

लक्जमबर्गको प्रधानमन्त्री जेवीयर बीटलका श्रीमान गाथीयर डेस्टीने त्यहाँका फस्ट जेन्टलम्यान हुन्।

नेटो कन्फ्रेन्सको एक तस्विर इटरनेटमा चर्चित भएको छ, जसमा गाथीयर तस्विरमा नेटो नेताहरुका श्रीमती र प्रमिकासँग पोज दिर्इरहेका देखिन्छन्।

ब्रसेल्समा आयोजित नेटो कन्फ्रेन्समा प्रतिनीधिका श्रीमतीका लागि विशेष डीनर गरार्इएको थियो। यस डीनरमा डोनाल्ड ट्रम्पकी श्रीमती मेलानीया ट्रम्प,  इमैनुएल माक्रोनको श्रीमती ब्रीजेट र अन्य फस्ट लेडी सहभागि भएका थिए।

लक्जमबर्गका प्रधानमन्त्री जेवीयर बीटल समलिंगी हुन्। उनले २०१५ मा आफ्नो प्रेमि गाथीयरसँग विहे गरेका थिए।

कालो सुट र स्लेटी रंगको टाई लगाएका गाथीयरको अनुहारमा आत्मविश्वासको चमक थियो। यस तस्विरलार्इ सोसल मिडियामा धेरै रुचार्इएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell