PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

ललित स्मृती यू-१८ च्याम्पियसिप : लुम्बिनी र संकटा विजयी



पहिलोपोस्ट

ललित स्मृती यू-१८ च्याम्पियसिप : लुम्बिनी र संकटा विजयी
फोटो : एन्फा

काठमाडौ : जगदम्बा लुम्बिनी फुटबल क्लब सिएमजी संकटा क्लबले दोस्रो ललित स्मृती यू-१८ च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

च्याम्पियनसिप अन्तर्गत आइतबार भएको समूह सी को खेलमा खेलमा लुम्बिनीले न्यूरोड टिम एनआरटीलाई २-० ले हरायो।

यस्तै समूह डी को खेलमा दश खेलाडीमा झरेको संकटाले पनि मोरङ फुटबल क्लबलाई २-० ले नै पराजित गरेको छ।

एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा लुम्बिनीलाई जित दिलाउन अजित थापाले २६औं र अनुप गुरुङले ५५औं मिनेटमा गोल गरे।

यस्तै प्रदीप बोगटीले दुई गोल गरेपछि दश खेलाडीमा झरेको संकटाले मोरङ विरुद्ध २-० को जित हासिल गरेको हो। प्रदीपले १०औं र ६५औं मिनेटमा गोल गरे। ४१औं मिनेटमा सकल रेग्मीले रातो कार्डको सामना गरेपछि संकटा दश खेलाडीमा झरेको थियो।

च्याम्पियनसिप अन्तर्गत सोमबार समूह ए का सशस्त्र प्रहरी बलको एपीएप र सरस्वती युथ क्लब तथा समूह बी का फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell