PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गोमा एयर दुर्घटना छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन



रासस

गोमा एयर दुर्घटना छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

काठमाडौंः सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। 

दुर्घटनाबारे विस्तृत छानबिन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा आयोग गठन गरेको हो।

आयोगका सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एयरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ् एयरका वरिष्ठ ईन्जिनियर दीगम्बर राजभण्डारी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य छन्। 

काठमाडौँबाट लुक्लाका लागि कार्गो उडानमा रहेको गोमा एयरको विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा शनिबार दुर्घटना भएको थियो।

दुर्घटनामा चालक पारसकुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौँमा उपचार भइरहेको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell