PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

द्वारिकाजको खाजा छिरेन अर्थमन्त्रालय, सुक्खा रोटी र फलफुलको भरमा बजेट बनाउँदै अर्थमन्त्री



पहिलोपोस्ट

द्वारिकाजको खाजा छिरेन अर्थमन्त्रालय, सुक्खा रोटी र फलफुलको भरमा बजेट बनाउँदै अर्थमन्त्री

काठमाडौं : बजेट निर्माणमा जुटेका अर्थमन्त्री कृष्णबहादुर महरा सुक्खा रोटी र फलफूलका भरमा राति ११ बजेसम्म अर्थ मन्त्रालयमा बस्नेगरेका छन्। 

विहान ६ बजेदेखि नै बजेट निर्माणमा सक्रिय भएका महरालाई सरकार परिवर्तनपछि पनि दोहोर्याउने मुडमा बजेट निर्माणमा जुटेका हुन्। उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा समेत अर्थमन्त्रीका रुपमा निरन्तरता दिन प्रचण्डले ग्रिनसिग्नल दिइसकेका छन्।

'उहाँ विरामी हुनुभएकोले सुक्खा रोटी, तरकारी र फलफूल खाएर बजेट निर्माणमा लाग्नुभएको छ,' प्रेस सल्लाहाकार त्रिभुवन पौडेलले भने, 'बजेटमा एक सातादेखि निरन्तर क्रियाशील हुनुहुन्छ। बिहान ६ बजे आएर राति एघार बजे मात्रै मन्त्री निवास जाने गर्नुभएको छ।'

चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा गत वर्ष अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले द्वारिकाज होटलबाट खाजा र खानाको प्याकिङ मगाएका थिए। उनले द्वारिकाजबाट महँगो खाजा र खाना मगाएको भन्दै आलोचनासमेत भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell