PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

धादिङको भकारेमा बस दुर्घटना, पाँच जनाको मृत्यु



रासस

धादिङको भकारेमा बस दुर्घटना, पाँच जनाको मृत्यु

धादिङः धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आइतबार साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन्। 

स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नंको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएका उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले जानकारी दिए। बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन्। 

घटनास्थलमा ढिला मात्र प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell