PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

अमेरिका र बेलायत विश्वसनीय साझेदार नरहेका जर्मन चान्सलर मर्केलको टिप्पणी



रासस

अमेरिका र बेलायत विश्वसनीय साझेदार नरहेका जर्मन चान्सलर मर्केलको टिप्पणी

जर्मनः जर्मन चान्सलर एन्जेला मर्केलले बेलायतको युरोपियन युनियन (ईयू) बाट भएको बहिर्गमन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपछि युरोपले आफ्नो भाग्यलाई आफ्नो हातमा नै लिनुपर्ने बताएकी छन्।

दक्षिणी जर्मनीको म्युनिक सहरमा आयोजित र्यालीका सहभागीलाई सम्बोधन गर्ने क्रममा मर्केलले अब हामी पूर्णतया अरूसँग आश्रित हुने समय नरहेको र त्यो कुरालाई केही दिनदेखि आफूले अनुभूत गर्न थालेको बताएकी हुन्।

उनले भनिन्,“हामी युरोपवासीले साँच्चै नै युरोपको भाग्यलाई आफ्नो हातमा सम्हाल्नु पर्छ।” उनले  जर्मनी र युरोपले अमेरिका र बेलायतसँग असल सम्बन्ध राख्न प्रयास भने गर्ने बताइन्।रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell