PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चाँगुनारायण ७ मा कांग्रेस विजयी



रासस

चाँगुनारायण ७ मा कांग्रेस विजयी

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मा नेपाली कांग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् । 

उनले एक हजार ७१ मत प्राप्त गरे भने निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका थिए। 

त्यसैगरी, दलित महिला सदस्यमा कांग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए।

महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले कांग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गरिन्।

दुर्गाले ८९० मत प्राप्त गरिन् भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन्। 

यसैबीच, चाँगुनारायणमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिएका छन्।

मिश्रले छ हजार ७२ मत प्राप्त गरेका छन् भने कांग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिइरहेकी छन् भने कांग्रेसकी राधा (सरु) बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइरहेकी छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell