PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

नहरमा डुबेर बालिकाको मृत्यु



पहिलोपोस्ट

भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतबार बेलुकी एक बालिकाको स्थानीय कालानी सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ। 

शुक्लाफाँटा नगरपालिका–७ का १२ वर्षीया सगुन धामीको सिँचाइको नहरमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो। नहरमा पानी परेर तलाउ बनेपछि बालिका नुहाउन गएकी थिइन। धामीसँगै गएका अन्य एक बालिका भने सकुशल रहेको स्थानीयवासीले जानकारी दिएका छन्। 

पानीमा डुबेर घाइते अवस्थामा रहेकी धामीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell