PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

१२ खर्व हाराहारीको वार्षिक बजेट आज, निर्वाचन र संविधान कार्यान्वयन प्राथमिकता



पहिलोपोस्ट

१२ खर्व हाराहारीको वार्षिक बजेट आज, निर्वाचन र संविधान कार्यान्वयन प्राथमिकता

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०७४र७५ को लागि  बजेट पेश गर्दैछ। अर्थमन्त्री कृष्णबहादुर महराले संसद समक्ष बजेट पेश गर्न लागेका हुन्। कामचलाउ सरकारले ल्याउने बजेट भएकाले यस वर्षको बजेटमा खासै नयाँ कार्यक्रमको अपेक्षा भने गरिएको छैन।

बजेटको आकार १२ खर्बको हाराहारीमा हुनेछ। राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ ११ खर्ब ५६ अर्बको सीमा तोकेको थियो। संसद र प्रदेशको निर्वाचनका लागि करिब ३० अर्ब रुपैयाँ माथि रकम विनियोजन गरिनेछ।

पहिलो चरणको स्थानीय तहको चुनाव भैसकेको अवस्थामा जिल्लामा जाने गरेको बजेट अब सिधै पठाउनुपर्ने संबैधानिक ब्यबस्था भैसकेका कारणले यो वर्षको बजेट पहिलेको भन्दा केही भिन्न भने हुने छ। नयाँ संविधान अनुसार स्थानीय तहले विकासका खाका आफैँ बनाएर परिचालन गर्न पाउँछन्। 

थप विजमाण्डुमा पढ्न सक्नुहुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell