PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

आपराधिक घटनामा संलग्न छ जना पक्राउ



रासस

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

चितवनः चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार भएका भरतपुरका राजकुमार गुरुङ र सुरेश सिलवाल पक्राउ परेका हुन्। भुजेलको गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ। 

यस्तै, चितवनको रामपुरस्थित मकैवाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

घटनापछि फरार भएकामध्ये भरतपुर–१९ का विश्वजित राना, नीरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाही पनि पक्राउ परेका छन्।
गाँजा सेवन गरी बसेका उनीहरुले घेरा हाली ढुङ्गा हानेर प्रहरीलाई घाइते बनाएका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell