
उत्तर कोरियाले फेरी अर्को व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। परीक्षण गरेको उक्त मिसाइल जापान सागरमा झरेको थियो।
उत्तर कोरियाले लगातार मिसाइन परिक्षण गरिरहेको छ। पछिल्ला तीन हप्तामा उसले लगातार प्रत्येक हप्ता मिसाइल परिक्षण गर्ने क्रममा यो तेस्रो मिसाइल परिक्षण हो।
अन्तर्राष्ट्रिय दबावबीच पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेका छ। यो बर्ष परीक्षण भएको यो नवौं मिसाइल परीक्षण हो।