PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

भरतपुर प्रकरणः पुनः मतदान वा मतगणना सुचारु? निर्वाचन आयोग छलफलमा



पहिलोपोस्ट

भरतपुर प्रकरणः पुनः मतदान वा मतगणना सुचारु? निर्वाचन आयोग छलफलमा

काठमाडौँ : मध्यरातमा भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनालाई लिएर निर्वाचन आयोगको बैठक बसेको छ। आयोग कार्यालयमा बैठक जारी छ।

करिव अन्तिम अवस्थामा मतगणना भइरहेको बेला आइतबार मध्यरातमा भरतपुर महानगरको मतगणनाका क्रममा बुथ प्रतिनिधिले नै मतपत्र च्यातेको आरोप एमाले र माओवादी केन्द्रले एक अर्कालाई लगाएका छन्। मतपत्र च्यातिएपछि मतपेटका सिल गरी राखिएको छ। दुई वडा बाँकी रहेको अवस्थामा मतपत्र च्यातिएको हो। गणना भइरहेको वडा नं. १९ मा पनि मतगणना अन्तिम चरणमा थियो। 

एमाले चितवन जिल्ला कमिटीले मतगणना सुरु गर्न माग गरेको छ। उसले पुनः मतदान अस्वीकार गर्दै मतगणना सुरु गर्न माग गरेको हो।

स्थानीय तह निर्वाचन ऐनको व्यवस्था अनुसार आयोगले मतपत्र च्यातिएको स्थानमा पुनः मतदानको निर्णय समेत गर्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell