PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

सुप्रवल जनसेवाश्री मान पदवी 'सम्मान होइन सार्वजनिक अपमान' : झलक सुवेदी



पहिलोपोस्ट

सुप्रवल जनसेवाश्री मान पदवी 'सम्मान होइन सार्वजनिक अपमान' : झलक सुवेदी

काठमाडौँ : राजनीतिक विश्लेषक झलक सुवेदीले सरकारले गणतन्त्र दिवसको अवसरमा प्रदान गरेको पदकले सार्वजनिक अपमान भएको टिप्पणी गरेको छन्।

गणतन्त्र दिवसमा सुवेदीलाई सरकारले 'सुप्रबल जनसेवाश्री' पदक प्रदान गर्ने निर्णय गरेको थियो। सुवेदीको नाम सुप्रबल जनसेवाश्री पाउने ११४ नंम्बरको सूचीमा रहेको छ।


सुवेदीले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् – कोही मेरो नाम गरेकोले मानपदवि पायो रे मलाई दिइएको हो भने म त्यस्तो पदक अस्वीकार गर्छु। सामान्ति संस्कृतिको यो परम्पराप्रति विरोध छ यसको परम्परा संस्कृति, छनौट मापदण्ड सबैप्रति मेरो असहमति छ। यसलाइ सम्मान होइन सार्वजनिक अपमान ठान्दुछ।'
 


जनसेवाश्री सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनिय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्न सक्ने पदक हो। सुप्रबल जनसेवाश्री यस्तो पदकको तृतिय श्रेणीको पदक हो।

यस्तो पदकको बीच भागमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झण्डा रहन्छ। त्यस्तै स्वर्ण र चाँदीका किरणहरु रहने आठ कोणको पदक सरकारले तृतिय श्रेणीको सुपप्रबल जनसेवाश्रीका लागि गरेको छ। विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य 'सेवा नै परम धर्म हो' भन्ने तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell