PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रधानमन्त्रीले भने 'निर्वाचनपछि राजनीतिक स्थिरताको ढोका खुल्यो'



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने 'निर्वाचनपछि राजनीतिक स्थिरताको ढोका खुल्यो'

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थिरताको ढोका खुलेको बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले अब हुने दोस्रो चरणको निर्वाचनपछि नेपालले राजनीतिक स्थिरता र विकासको क्षेत्रमा छलाङ मार्ने बताए।

उनले पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवको रुपमा सम्पन्न गर्न सवै क्षेत्रबाट साथ र सहयोग हुनेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्रीले आगामी माघ सातभित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने बताए ।

उनले निर्वाचनले गणतन्त्रको कार्यान्वयन गर्ने तथा जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रासमेत प्रारम्भ गर्ने बताए।

तस्विर : फाइल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell