PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

कांग्रेसद्वारा भरतपुरमा पुनः मतदान गर्न माग



पहिलोपोस्ट

कांग्रेसद्वारा भरतपुरमा पुनः मतदान गर्न माग

चितवनः नेपाली कांग्रेसले भरतपुर वडा नम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ ।

कांग्रेस चितवन अध्यक्ष जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गरी कांग्रेस माओवादी गठवन्धनका उम्मेदवारको जित सुनिश्चित भइसकेको अवस्थामा मतपत्र च्यातिएको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले वडा नम्बर १९ को मतपरिणामलाई असर पार्ने गरी च्यातिएको हुँदा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान प्रक्रिया सुचारु गर्न माग गरेका छन्।

कांग्रेसले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाही गर्नसमेत माग गरेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell