PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

यी हुन् ‘लेट मी डान्स नेपाल’को फाइनलका ८ प्रतिस्पर्धी



पहिलोपोस्ट

यी हुन् ‘लेट मी डान्स नेपाल’को फाइनलका ८  प्रतिस्पर्धी

काठमाडौंः ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाइनलमा ८ जना प्रतिस्पर्धी छानिएका छन्। 

त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वाइन्ट नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को दोस्रो संस्करणको फाइनल जेठ १८ गते राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

‘लेट मी डान्स नेपाल’ को दोस्रो संस्करण ‘सिजन–२’ तीन माहिनाअघि झपाको विर्तामोड, सुनसरीको विराटनगर, बाँकेको नेपालगञ्ज कैलालीको धनगढी, कास्कीको पोखरा, काठमाडौंलगायत स्थानबाट अडिसन लिइएको थियो ।

देशैभरीको अडिसनबाट एक सय जना प्रतियोगी छानिएका थिए।

‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा फाइनल हुने भएको हो।

फाइनलमा दाङबाट खिमा काउचा मगर, काभे्रबाट दीपा तामाङ र पुसम गिरी, म्याग्दीबाट विष्णु मगर, धादिङबाट योगेस श्रेष्ठ, ललितपुरबाट अभिषेक महर्जन, मोरङबाट स्वास्तीका भेटवाल र सुनसरीबाट विकी घिमिरे छन्।

प्रतियोगिताको फाइनलमा ७० प्रतिशत भोटको आधारमा र ३० प्रतिशत निर्णायकको निर्णयमा हुनेछ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell