PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बस दुर्घटनामा एक जनाको मृत्यु, २० भन्दा बढी घाइते



रासस

बस दुर्घटनामा एक जनाको मृत्यु, २० भन्दा बढी घाइते

लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने वीस जना भन्दा बढी घाइते भएका छन्।

विराटनगरबाट काठमाडौँ गइरहेको ना४ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाटतर्फ गइरहेको ना१ख ५०६७ नम्बरको बसले उछिन्ने क्रममा ठक्कर दिंदा ना१ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ का निलकमल श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङहोममा उपचार भइरहेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell