PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

फोटोमा हेर्नुस् सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह

फोटोमा हेर्नुस् सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह

रासस/पहिलोपोस्ट


काठमाडौंः गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज विहान विशेष समारोह आयोजना गरियो। 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए। 

सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाकोतर्फबाट सलामी अर्पण गरिएको थियो। 

समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो। रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell