PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

चार 'प्रेमगीत' ज्यूकबक्समा



पहिलोपोस्ट

काठमाडौं: फिल्म प्रेमगीत २ को चार गीत सार्वजनिक भएको छ। साउन १३ गतेबाट प्रदर्शनमा आउने रोमान्टिक ड्रामाका सबै श्रव्य गीत (ज्यूकबक्स) युट्युबमा उपलब्ध भएको हो।

फिल्मको शिर्ष गीत कहानी यो प्रेमगीतको भने भिडियो सहित सार्वजनिक भइसकेको छ। गीतलाई कल्याण सिंहले संगीतबद्ध गरेका छन् भने रोहितजोन क्षेत्री र श्रेया सोताङको स्वर रहेको छ। गीतमाथि निर्माण कम्पनीले अन्तराष्ट्रियरुपमै कभर गीत प्रतिस्पर्धा आह्वान गरेको छ। पुरुष र महिला दुबै विधामा फरक प्रतिस्पर्धा हुने बताइएको छ।

भिडियो सहित सार्वजनिक दोस्रो गीत 'मोटरसाइकलमा' लाई एलिस कार्कीले निर्देशन गरेका हुन्। जसमा इन्दिरा जोशी र प्रताप दासले स्वरबद्ध गरेका छन्। त्यस्तै 'म त हाँस्न नै सक्छु' बोलको सेन्टिमेन्टल गीत पनि सार्वजनिक भएको छ। वियोगको भाव समेटिएको गीतलाई सागरसंसार राईले गाएका हुन्। उनी फिल्म प्रेमगीतले आह्वान गरेको कभर सङ प्रतियोगिताको विजेता हुन्।

सार्वजनिक अर्को गीत हो 'बिस्तारै बिस्तारै'। रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य अभिनय रहेको छ। सन्तोष सेनको निर्माण र ओम गुरुङ सहनिर्माता रहेको फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ।

सुन्नुस् प्रेमगीतहरु:  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell