PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चट्याङ लागेर भारतको बिहारमा १८ जनाको मृत्यु



रासस

चट्याङ लागेर भारतको बिहारमा १८ जनाको मृत्यु

नयाँदिल्लीः पूर्वी भारतीय राज्य बिहारमा २४ घन्टामा चट्याङ लागेर १८ जनाको मृत्यु भएको छ। 

विहारका आठ जिल्लामा चट्याङ लागेर १८ जनाको मृत्यु भएको हो। 

त्यसगरी, सोही राज्यको पश्चिमी भागमापर्ने चमपारन जिल्लामा आँधी र वर्षाका कारण पर्खाल भत्किएर ५ जनाको मृत्यु भएको छ। 

घटनामा मारिएका व्यक्तिको प्रत्येक परिवारलाई राज्य सरकारले चार लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने घोषणा गरेको छ। रासस /सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell