
काठमाडौं: फिल्म '२ रुपैयाँ'को गीतमा कलाकार तथा निर्देशक निश्चल बस्नेत र उनकी श्रीमतीले पहिलोपटक एकसाथ स्क्रिन सियर गरेका छन्। फिल्मको नयाँ रिलिज गीत 'कुटुमा कुटु सुपारी दाना'मा निश्चल बस्नेत उनकी धर्मपत्नी स्वस्तिमा खड्काले कम्मर मर्काएका हुन्।
असिम शाहको निर्देशनमा ए जि टु वान प्रोडक्सन र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको फिल्मको गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा फिल्मका अन्य कलाकार आसिफ शाह र बुद्धी तामाङको पनि फिचरिङ रहेको छ।
सङ्गीतकार राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा तयार गीतलाई राजन ईशानले संयोजन गरेका हुन्। गीतमा राजनराज शिवाकोटीका साथै राजन ईशान र मेलिना राईको स्वर रहेको छ।
इटहरीमा छाँयाकन भएको 'कुटुमा कुटु सुपारी दाना' को नृत्य निर्देशक कविराज गहतराज रहेका छन् भने छाँयाकन शिवराम श्रेष्ठको रहेको छ। फिल्म यही भदौ २३ गते प्रदर्शनमा आउने निर्देशक असिम शाहले जानकारी दिए।
हेर्नुस् भिडियो: