PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा



रासस

मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा

विराटनगरः दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढेको छ। 

एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ। विराटनगर उपमहानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

यसका साथै मोरङको ६६९ वटा मतदान केन्द्रका लागि चार हजार १४ कर्मचारी खटिनेछन्। यसका लागि कर्मचारीको छनोट र तालिम कार्य एक साताभित्रमा सम्पन्न गरिसक्ने पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। 

निर्वाचनका लागि छ लाख ५१ हजार मतपत्र प्राप्त भइसकेको छ। पुराना मतपेटिका सात हजार मौज्दात रहेकामा केन्द्रीय कार्यालयबाट थप ८५÷८५ लिटरको एक हजार १०६ वटा थप मतपेटिका पठाइएको बताइएको छ। 

यसैबीच, निर्वाचनमा मतदान गर्ने प्रक्रियालगायतका विषयमा जानकारी गराउनका सडक नाटक, पर्चा पोष्टर वितरण, मतदाता शिक्षालगायतका कार्य सुचारु भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell