PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

भरतपुरमा मतपत्र च्यातिएको घटना छानबिन गर्न समिति बन्यो, प्रतिवेदन आएपछि मात्रै मतगणना



पहिलोपोस्ट

भरतपुरमा मतपत्र च्यातिएको घटना छानबिन गर्न समिति बन्यो, प्रतिवेदन आएपछि मात्रै मतगणना

काठमाडौंः भरतपुर महानगरपालिकाको मतगणनाको छानबिन गर्न निर्वाचन आयोगले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।निर्वाचन आयोगले सहन्यायाधीवक्ता गीता तिम्सिनाको संयोजकत्वमा केन्द्रबाटै छानविन समिति पठाउने निर्णय गरेको हो। 

छानबिन समितिमा सहसचिव महेश आचार्य र नेपाल प्रहरीका डीआइजी किरणमान सिंह सदस्य छन्। 

भरतपुरमा आइतबार मध्यरात मतगणना जारी रहेका बेला मतपत्र च्यातिएपछि मतगणना रोकिएको छ। मतगणनाका विषयमा छानविनका लागि गठित समितिलाई दुई दिनको समय दिइएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। 

‘छानविन समितिले आजैदेखि काम थाल्ने छ र भोलिसम्ममा काम सक्नेछ,’ सचिव मैनालीले भने, ‘आयोगले छानविन समितिको प्रतिवेदनका आधारमा निर्णय लिनेछ।’

निर्वाचन ऐन अनुसार मतपत्र च्यातिएमा पुनः निर्वाचन गर्ने व्यवस्था रहे पनि आयोगले छानविन समितिको प्रतिवेदन आएपछि मात्र आवश्यक निर्णय गर्ने भनेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell