PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

हिमाली क्षेत्रको फिरन्ते परिवारको कथा डकुमेन्ट्रीमा, हेर्नुस् ट्रेलर



पहिलोपोस्ट

हिमाली क्षेत्रको फिरन्ते परिवारको कथा डकुमेन्ट्रीमा, हेर्नुस् ट्रेलर

काठमाडौं: सगरमाथा क्षेत्र वरपर बसोबास गर्ने फिरन्ते परिवारको जीवनकथामाथी डकुमेन्ट्री बनेको छ। समुद्री सतहबाट ४००० मिटर उचाईमा चौरी पालन गर्ने परिवारको जीवनशैली बारे जानकारी डकुमेन्ट्रीले दिन्छ।

लास्ट नोम्याड्स अफ एभरेस्ट' नाम दिइएको डकुमेन्ट्रीमा एभरेस्ट आधार शिविरमा रहेको निर्कुम गाउँमा छायांकन गरिएको हो। उक्त डकुमेन्ट्रीमा चौरी पालनका लागि उपयुक्त मौसम र ठाउँ खोज्दै ठाउँठाउँ पुग्ने परम्परा सम्हालेको शेर्पा परिवारको कथा भएको बताइएको छ।

'लास्ट नोम्याड्स'लाई निश्चल पौडेलले सम्पादन गरेका हुन् भने प्रज्वल राउतले खिचेका हुन्। डकुमेन्ट्रीमा प्रयोग संगीत छिरिङ शेर्पाको रहेको छ। विश्वका विभिन्न फिल्म महोत्सवमा देखाउन उदेश्यले यो डकुमेन्ट्री निर्माण गरेको सम्पादक पौडेलले बताए। भने,'योपटक हामी आम दर्शकका लागि पनि डकुमेन्ट्री प्रदर्शन गर्नेछौं।'

लोप हुँदै गएको परम्परागत चौरी पालन गर्ने फिरन्ते परिवार बारे बनेको डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक भएको छ।

हेर्नुस् ट्रेलर:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell