PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मनोनयन गर्न ४ दिन बाँकी हुँदा सर्‍यो दोस्रो चरणको निर्वाचन



पहिलोपोस्ट

काठमाडौं : सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन १० दिन पछि सारेर असार ९ गतेका लागि तोकेको छ। मधेश केन्द्रित दलहरुलाई पनि निर्वाचनमा सहभागिताका लागि निर्वाचन चिन्ह, दलीय मान्यता सहितका वैधानिक बाटो फुकाउन थप समय आवश्यक हुनेभन्दै १० दिन पछि सारेको हो।

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले कर्मचारी परिचालन गरिसकेको छ भने १९ गते मनोनयन गर्ने कार्यतालिका तय थियो। 

राष्ट्रिय जनता पार्टी सहितका राजनीतिक शक्तिलाई निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै प्रधानमन्त्रीले हिजो साँझ बालुवाटारमा बैठक राखेका थिए। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित मोर्चाका नेताहरुले समेत लचकता अपनाउन तयार रहेको जनाउँ दिएपछि त्यसैका आधारमा मन्त्रिपरिषद बैठकले आज मिति सार्ने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell