PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

बजेट ल्याउन एमाले अवरोध



पहिलोपोस्ट

बजेट ल्याउन एमाले अवरोध

काठमाडौं : नेकपा एमालेले संसद् बैठक अवरोध गर्ने जनाएको छ। 

बजेट आउनुअघि बसेको एमाले संसदीय दलको बैठकले सरकारले आफूले उठाएका माग पूरा नगरेसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ। 

'हामीले महाअभियोग लगायतका विषयमा उठाएका माग पूरा नगरे संसद् बैठक चल्न दिँदैनौं भन्ने हामीले सरकारलाई पनि जानकारी गराइसकेका छौं,' एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने, 'तर सरकार आइपुगेको छैन। हाम्रा माग के हुन्छन् भन्ने हामीलाई कुनै जानकारी दिएको छैन।'

उनले सरकारले माग पूरा नगरे बजेट वा अरु कुनै प्रयोजनका लागि पनि संसद चल्न नदिने बताए।

केही दिन अघि बसेको प्रमुख तीन दलको बैठकमा महाअभियोग अघि नबढाउने र संविधान संशोधन प्रस्ताव पनि तत्काल अघि नबढाउने सहमति पछि एमालेले जारी राखेको संसदको अवरोध खुलाएको थियो। नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव प्रेश गर्न नै रोकेको एमालेले सरकार पछि हट्न तयार भएको भन्दै संसद खुलाएको थियो।
 
सत्तारुढ दलका तर्फबाट महाअभियोगका प्रस्तावक नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा र माओवादी सांसद टेकबहादुर खड्काले संसद्मा महाअभियोग प्रस्ताव अघि नबढाउनु भन्ने पत्र बुझाएपछि प्रतिपक्षी एमाले पुनः बिच्किएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell