PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

आगामी वर्षको बजेटका यस्ता छन् चुनौती



पहिलोपोस्ट

आगामी वर्षको बजेटका यस्ता छन् चुनौती

काठमाडौं : अर्थमन्त्री कृष्णबहादुर महराले अर्थतन्त्रको मूख्य चुनौती संघीयता कार्यान्वयन रहेको बताएका छन्। 
 
संसदमा आगामी आर्थिक वर्षको बजेटको प्रस्तुत गर्दै उनले संघीयता नेपालका लागि नौलो भएकाले त्यसलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताएका हुन्।
 
महराले पूर्वाधार निर्माणको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। उनले कुनै पनि आयोजना समयमा बन्न नसकेको समेत बताए। यसैगरी उत्पादकत्व वृद्धि गर्नु पनि चुनौतीपूर्ण रहेको बताए। 
 
उत्पादनको बजार बिस्तार, अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा ल्याउनु, भूकम्प पीडितको पुनर्स्थापना र भौतिक पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण भएको समेत बताएका छन्। 
 
निर्माण ब्यवसायीले गुणस्तरीय काम नगरेको भन्दै उनले त्यसलाई नियमन गर्दै संस्थागत सुशासन कायम गर्नु चुनौतीपूर्ण रहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell