PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

केएनपी महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टको साथ



पहिलोपोस्ट

केएनपी महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टको साथ

काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताले शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ।

सोमबार नयाँबानेश्वरमा आयोजित कार्यक्रममा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार शिवम् सिमेन्टले आयोजकलाई नगद तीन लाख रुपैयाँ उपलब्ध गराउने छ। साथै प्रतियोगिता अवधिभर कार्यक्रम स्थलमा ब्यानर, होडिङ बोर्ड तथा तुललगायतका खर्च पनि शिवम् सिमेन्टले बेहोर्ने छ। सम्झौता एक वर्षको लागि भएको आयोजकले जनाएको छ।

सम्झौतापछि शिवम् सिमेन्टका अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा बधाई ज्ञापन गर्दै महिला भलिबलमार्फत नेपाली नेपाली खेलकुद क्षेत्रमा कम्पनीले प्रायोजन सुरुवात गरेको बताए।

शिवम् सिमेन्टले व्यक्तिगत विधातर्फ दुई उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्नेछ। जसअन्तर्गत शिवम् सिमेन्ट बेस्ट डिफेन्स र शिवम् सिमेन्ट बेस्ट ब्लकरको उपाधि प्रदान गरिने छ।

प्रतियोगितालाई केएनपीले मुख्य प्रायोजन गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell