PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कभर भिडियो बनाएर ५० हजार जित्ने अवसर



पहिलोपोस्ट

कभर भिडियो बनाएर ५० हजार जित्ने अवसर

काठमाडौं: 'चस्मा वाला' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुमि चाम्लिङ राईको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। डिपी खनालका शब्द र शंकर थापाको संगीत रहेको गीतको लागि कभर भिडियो प्रतियोगिता आह्वान गरिएको छ।

विकास सुवेदीको निर्देशनमा बनेको भिडियोमा ‘नेपाली ठिटोज टिम’ को फिचरिङ रहेको छ। ‘नेपाली ठिटोज टिम’ का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन्। यसअघि यो टिमलेले 'छुकछुके रेल' लगायतका गीतमा अभिनय गरेको थियो। यो गीतमा नेपाली ठिटोसँगै सन्ध्या भट्टराईको पनि अभिनय छ।

कार्यक्रम आयोजना गर्दै म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा यस गीतको कभर भिडियो प्रतियोगिताको बारे पनि जानकारी दिइएको हो। कभर भिडियोबाट एक टिमले ५० हजार नगदसहित नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्ने बताइएको छ। जेष्ठ १५ गतेदेखि साउन १५ गतेभित्र 'चस्मा वाला' को गीतमा भिडियो बनाएर पठाउनु पर्ने बताईएको छ।

भिडियो [email protected] वा [email protected] पठाउनका सकिनेछ।

यस्तो छ गीतको भिडियो: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell