PahiloPost

Jun 24, 2025 | १० असार २०८२

पिएम कप क्रिकेट : सौरभ खनालको ९० रन छायाँमा पार्दै एपीएफ डीएल मेथडमा विजयी



पहिलोपोस्ट

पिएम कप क्रिकेट : सौरभ खनालको ९० रन छायाँमा पार्दै एपीएफ डीएल मेथडमा विजयी
म्यान अफ दी म्याच पश्चिमाञ्चलका शौरभ खनाल, उनले ४९ बल खेल्दै ११ छक्का र ३ चौकाको मद्दतमा नटआउट ९० रन बनाए।

काठमाडौं : शौरभ खनालले नटआउट ९० रन बनाएपनि वर्षाले प्रभावित बनेको खेलमा ज्ञानेन्द्र मल्लले ३ विकेट लिएपछि एपीएफले प्राइममिनिस्टर कप क्रिकेटमा पश्चिमाञ्चललाई डीएल मेथडमा १६ रनले पराजित गरेको छ।

समूह ए अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विभागी टोली एपीएफले ३७ ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो। वर्षा कारण एपीएफको इनिङ्स ३७ ओभरमा घटाइएको थियो।

एपीएफका लागि सुवास खकुरेलले अर्धशतक प्रहार गरे भने प्रदीप ऐरी ४५ रनमा नटआउट रहे। ओपनर सुवासले ६४ बल खेल्दै ५० रन बनाए। यस्तै ५२ बल खेलेका प्रदीपले ५ चौका र १ छक्काको मद्दतमा नटबउट ४५ रन बनाए।

नियमित कप्तान पारस खड्काको अनुपस्थितीमा एपीएफको नेतृत्व सम्हालेका ज्ञानेन्द्र ३३ रनमा नटआउट रहे। पश्चिमाञ्चलका लागि लाल अधिकारीले २ विकेट लिए।

वर्षाका कारण खेल प्रभावित बनेपछि पश्चिमाञ्चलले जितका लागि २० ओभरमा १४८ रनको नयाँ लक्ष्य पाएको हो। पश्चिमाञ्चलका सुरुवाती खेलाडी एपीएफको धारिलो बलिङ सामु टिक्न नसक्दा ९.२ ओभरमा ३३ रन जोड्दा ६ विकेट गुमाएको थियो।

तर छैटौँ नम्वरमा ब्याटिङ गरेका शौरभ खनालले बिष्फोटक इनिङ्स खेल्दै पश्चिमाञ्चलको आश कायमै राखेपनि जित हात पार्न भने सकेन।

शौरभले ४९ बल खेल्दै ११ छक्का र ३ चौकाको मद्दतमा नटआउट ९० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा एपीएफका ज्ञानेन्द्र मल्लले सर्वाधिक ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell