
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट २१.९ प्रतिशतले बढाउँदै १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ।
अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ छुट्याएका छन्।
पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याएका छन् भने बित्तीय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब छुट्याएका छन्।
सरकारले स्थानीय तहका लागि साधारण अनुदान १ खर्ब ४८ अर्ब र अशक्त अनुदान ७६ अर्ब ४१ करोड छुट्याएका छन्। प्रदेशका लागि ७ अर्ब ३४ करोड छुट्याएका छुट्याएका छन्।
सरकारले राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड उठाउने सरकारी लक्ष्य छ। साँवा फिर्ताबाट १५ अर्ब र वैदेशिक सहायतबाट ७२ अर्ब रुपैयाँ उठाइने सरकारी लक्ष्य छ।
यसैगरी २ खर्ब १४ बाह्य ऋण र १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाइने सरकारी योजना छ।