PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने



रासस

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने

काठमाडौंः वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले अािर्थक वर्ष २०७४/७५ का लागि व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए। वैदेशिक रोजगारीमा गएकाहरुले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो। 

कामदारले पठाएको विपे्रषणलाई सदुपयोग गर्ने उद्देश्यले उनीहरुलाई सहभागी गराएर ‘रेमिट हाइड्रो’ लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नेसमेत बजेटमा उल्लेख छ।

सीप विकास तालिमलाई प्राथमिकता दिइने, सीप लिएकाहरुलाई आयआर्जनका कार्यक्रम गर्न स्रोत उपलब्ध गराइने, रोजगार र स्वरोजगारका माध्यमबाट रोजगारीमा पहुँच वृद्धि गरिने र सीपमूलक तालिम लिएकाहरुलाई सहुलियत दरमा पुँजी उपलब्ध गराइने बजेटमा उल्लेख छ।

बालश्रमिकको अन्त्यका लागि दशवर्षीय गुरुयोजना बनाइने समेत अर्थमन्त्री महराले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell