PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

युवा तथा खेलकुदलाई २ अर्ब २४ करोड बजेट



पहिलोपोस्ट

युवा तथा खेलकुदलाई २ अर्ब २४ करोड बजेट

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि घोषणा गरेको बजेटमा युवा तथा खेलकुद शीर्षकमा गरी कूल २ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ।

सोमबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको बजेटमा खेलकुद र युवा दुवै शीर्षक जोडेर उक्त बजेट छुट्याइएको हो।

काठमाडौंको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण प्रकियालाई प्रथामिकताका साथ अघि बढाइने बजेट भाषणमा उल्लेख छ।

यस्तै देशका विभिन्न ८ स्थानमा निर्माण भइरहेको क्रिकेट मैदानलाई पनि निरन्तरता लिने उल्लेख छ।

क्रिकेटसँगै नेपालको लोकप्रिय अर्को खेल फुटबल दुवै खेललाई पहिलो चरणमा व्यावसायिक प्रतिष्ठानहरुबाट प्रायोजन गराई राष्ट्रिय प्रतियोगिता गराइने बजेट भाषणमा जनाइएको छ। साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन पनि प्रेरित गरिने उल्लेख छ।

खेलकुदबाहेक युथ भिजन २०१५ मा युवाको विकासका लागि उल्लेख भएका पाँच स्तम्भहरु  गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकासका साथै खेलकुद र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell